ताजा समाचार


अफगान वायु सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु

द रियल समाचार     २०७७ चैत्र ५, बिहीबार, १२: ५४ मा प्रकाशित




एजेन्सी । अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

बुधवार राती वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परी चालक दलका ४ जना सदस्य र ५ जना अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दुर्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ । गत नोभेम्बरमा पूर्वी प्रान्त नान्र्गाहरमा सेना हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका दश सदस्य मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top