ताजा समाचार


सर्लाहीबाट लागुऔषधसहित एक युवक पक्राउ

द रियल समाचार     २०७७ चैत्र ५, बिहीबार, १२: २४ मा प्रकाशित




सर्लाही । प्रदेश नम्बर २ को सर्लाही जिल्लामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर–९ बस्ने ३५ वर्षीय दुखा राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रहरीले विशेष सुराकीको आधारमा टेम्पो रोकी चेकजाँच गर्दा टेम्पोको पछाडि यात्रु बस्ने सीटमुनि प्लाष्टिक भित्र लुकाई राखेको लुपिगेस्टीक ९१ एम्पुल, फेनर्गन ९३ एम्पुल र डिक्सपाम ८८ एम्पुल गरी २ सय ७२ एम्पुल र करिब ५ हजार रुपैयाँसहित टेम्पो चालक रायलाई नियन्त्रणमा लिएको छ ।

उनलाई शुक्रबार साँझ मलंगवा नगरपालिका वडा नंं. ८ भगवती मन्दिरबाट पक्रा गरिएको बताइएको छ । पक्राउ परेका रायलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top