ताजा समाचार


जसपा कार्यकारिणी समितिको बैठक स्थगित

द रियल समाचार     २०७७ चैत्र ५, बिहीबार, १२: ०० मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टीको कार्यकारीणी समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए ।

देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको समायोजन, संसदीय दलको नेता चयन लगायतको विषयमा छलफलका लागि जसपाको बैठक बोलाइएको थियो ।

सरकार निर्माणका लागि कसलाई सहयोग गर्ने, कसलाई सहयोग नगर्ने विषयमा पनि आजको बैठकले एउटा निष्कर्ष निकाल्ने तयारी गरिएको थियो । प्रधानमन्त्री केपी ओली नेतृत्वकै सरकारलाई सघाउने कि अर्को नयाँ सरकार बनाउन माओवादी केन्द्रलाई सघाउने विषयमा पार्टीभित्र फरक फरक मत रहेको छ ।

आफूहरुको माग जसले पुरा गर्छ त्यसैलाई सहयोग गर्ने भनि जसपाका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु बताउँदै आएका छन् भने ओलीलाई ‘प्रतिगमनकारी’ भन्दै वर्तमान सरकारलाई कुनै हालतमा सहयोग गर्न नसकिने अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुले भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top