ताजा समाचार


अन्नपूर्ण पोष्टका २८ जना पत्रकारहरुले दिए सामूहिक राजीनामा

द रियल समाचार     २०७७ चैत्र ५, बिहीबार, ११: ५० मा प्रकाशित




काठमाण्डौ । अन्नपूर्ण पोष्ट दैनिकका २८ जना पत्रकारहरुले सामूहिक राजीनामा दिएका छन् ।

पत्रिका बन्द गर्न लागिएकोले राजीनामाका लागि व्यवस्थापन पक्षले दबाब दिएको बताइएको छ । अन्नपूर्णमा कार्यरत बिनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारीसहित २८ जनाले पत्रिकाका सम्पादक अखण्ड भण्डारीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

व्यवस्थापन पक्षको दबाबका कारण बाध्य भएर राजीनामा दिनुपरेको उनीहरूले उल्लेख गरेका छन् । उनीहरूले लकडाउनका बेलादेखि बाँकी पारिश्रमिक दिन पनि माग गरेका छन् ।

कोरोना महामारी तथा अन्य विभिन्न कारणले संस्था घाटामा गएको हुँदा पत्रिका बन्द गर्न लागिएको व्यवस्थापन पक्षले जनाएको छ । यसबारे पत्रिकाले भने आफ्नो आधिकारीक धारणा अहिले सार्वजनिक गरेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top