ताजा समाचार


जसपाको कार्यकारिणी समिति बैठक बस्दै

द रियल समाचार     २०७७ चैत्र ५, बिहीबार, ११: २४ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ ।

देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको समायोजन, संसदीय दलको नेता चयन लगायतको विषयमा छलफलका लागि जसपाको बैठक बस्न लागेको हो ।

सरकार निर्माणका लागि कसलाई सहयोग गर्ने, कसलाई सहयोग नगर्ने विषयमा पनि आजको बैठकले एउटा निष्कर्ष निकाल्ने कार्यकारिणी समिति सदस्य मनिष सुमनले बताए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वकै सरकारलाई सघाउने कि अर्को नयाँ सरकार बनाउन माओवादी केन्द्रलाई सघाउने विषयमा पार्टीभित्र फरक फरक मत रहेको छ ।

आफूहरुको माग जसले पुरा गर्छ त्यसैलाई सहयोग गर्ने भनि जसपाका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु बताउँदै आएका छन् भने ओलीलाई ‘प्रतिगमनकारी’ भन्दै वर्तमान सरकारलाई कुनै हालतमा सहयोग गर्न नसकिने अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुले भनाइ छ ।

यही विवादलाई निरुपण गर्न कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top