ताजा समाचार


ग्यास सिलिण्डर लीक भई आगलागी, एकजना घाइते, लाखौँको क्षति

द रियल समाचार     २०७७ चैत्र ५, बिहीबार, ०९: ०० मा प्रकाशित




सप्तरी । सप्तरीमा ग्यासको सिलिण्डर लीक भई आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका-५ स्थित हरिकिशुन खंंगको घरमा सिलिण्डर लीक भई आगलागी हुँदा ७५ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।

आगलागीमा चार वटा घर जलेर खरानी बनेको छ भने हरिकिशुन स्वयं पनि गम्भीर घाइते भएका छन् ।

आगलागीमा हरिकिशुनसहित रामचन्द्र खंग र नकछेदी खंगको चारवटा घर जलेको वडाध्यक्ष राजेन्द्र साहले बताए ।

हरिकिशुनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको वडाध्यक्ष साहले जानकारी दिए ।

आगलागीमा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गरगहनासहितका सबै सरसमान जलेको प्रहरीले जनाएको छ ।

राजविराज र हनुमाननगर नगरपालिकाबाट पुगेको वारुणयन्त्र, नेपाल र सशस्त्र प्रहरी तथा स्थानियवासिको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top