ताजा समाचार


भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त, क्याप्टेनको मृत्यु

द रियल समाचार     २०७७ चैत्र ४, बुधबार, १७: ३८ मा प्रकाशित




एजेन्सी । युद्ध अभ्यास प्रशिक्षणका लागि उडेको भारतीय वायुसेनाको एउटा विमान दुर्घटनामा परेको छ । वायुसेनाको मिग–२१ युद्धक विमान दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यु भएको हो ।

दुर्घटनामा भारतीय वायुसेनाको क्याप्टेन ए गुप्ताको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सेनाका विमान प्रशिक्षणका क्रममा बेला बेला दुर्घटनामा परिरहन्छन् ।

‘भारतीय वायुसेनाको एक मिग–२१ विमान आज विहान दुर्घटनाको शिकार भएको छ, यो विमान मध्य भारतको एयरबेसमा युद्धक अभ्यास गरिरहेको थियो’, भारतीय वायुसेनाले ट्विटरमा भनेको छ, ’दुःखद दुर्घटनामा भारतीय वायुसेनाका ग्रुप क्याप्टेन ए गुप्ताको मृत्यु भएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top