कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक सहित ५ जना जुवाडे कैलालीबाट पक्राउ परेका छन् ।
मंगलबार राती जिल्लाको गोदावरी नगरपालिका ओलानीको जंगलबाट उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
पक्राउ पर्नेमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक पुष्कर भट्ट, धनगढी उपमहानगरपालिका–३ का डबल चन्द, बालकृष्ण पनेरु, गोदावरी नगरपालिका–५ का टेक बहादुर बिष्ट र कञ्चनपुर भिमदत्त नगरपालिका–४ बस्ने सन्तोष चन्द रहेका छन् ।
उनीहरुको साथबाट ३ लाख ३४ हजार रुपैयाँ समेत बरामद् गरेको प्रहरीले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक भट्ट सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंगरक्षक रहेको बताइएको छ ।
डिआईजी सुवेदीले भने पक्राउ परेका भट्ट आफ्नो अंगरक्षक नभई प्रदेश प्रहरी कार्यालयमा कार्यरत कर्मचारी रहेको बताएका छन् ।
प्रतिक्रिया