जनकपुरधाम । तोकिएको भन्दा बढी भार बोक्ने सवारी साधनलाई कारबाही गरिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएको भन्दा बढी भारको मालसामान लोड गर्ने सवारीसाधनलाई कारबाही गर्न लागेको हो ।
सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालनमा ल्याइएको विभागले जनाएको छ।
चैत १५ गतेपछि सवारी साधनहरूले तोकिएभन्दा बढी भार बोकी सडकमा सञ्चालन गरेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार व्यवसायी स्वयं हुने विभागले जनाएको छ ।
प्रतिक्रिया