ताजा समाचार


चोक चौतारामा कचहरी बस्ने : उप्रेती

द रियल समाचार     २०७७ चैत्र ३, मंगलवार, २२: ३४ मा प्रकाशित




जनकपुरधाम । युथ एड्भोकेसि नेपाल शाखा कार्यालय जनकपुरधामको आयोजनामा सामाजिक कार्य दिवसको अवसरमा मंगलबार खुल्ला छलफल कार्यक्रम सञ्चालन गरिएको छ ।

गंगासागर घाटमा “सामाजिक क्षेत्रमा युवाको अवसर तथा चुनौतीहरु” बिषयमा गरिएको छलफलमा बुद्धिजीवी, नागरिक समाज, पत्रकार, समाजसेवी तथा युवाहरुको उपस्थिती रहेको थियो ।

तराई तथा भित्री मधेशमा कचहरी बस्ने चलन लोप हुन लागेको भन्दै नयाँ पुस्ताले त्यस्ता मौलिक थितिलाई संरक्षण तथा सम्बर्द्धन गर्न अग्रसर रहनुपर्ने कार्यक्रममा वक्ताहरुको जोड थियो ।

यस्ता कार्यक्रमबाट युवालाई प्रवल सम्भावना तथा अवसर बारे जानकारी दिनसक्ने आयोजक संस्थाका अभियान संयोजक दिवाकर उप्रेतीले बताए ।

सामाजिक कार्य दिवसको अवसरमा खुल्ला छलफल कार्यक्रमको आयोजनासँगै युवालाई बहस तथा पैरविमा जोड्ने तथा युवालाई थप सचेत र चेतना अभिवृद्धि गर्ने बारे उप्रेतीले आफ्नो धारणा राखे ।

उनले जनकपुरधामको हरेक चोक तथा चौतारीमा बिभिन्न सामाजिक मुद्दा तथा बिषयमा कचहरी बस्ने आवश्यकता रहेको बताए । आजबाट यसको विधिवत शुरुवात गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा ओरेक धनुषाकी रोजलिन सिंह बच्छार, सामाजिक अभियन्ता जमुना भुजेल, इन्सेकका प्रदेश इन्चार्ज राजु पासवान , पत्रकार वि.पि साह तथा नागरिक समाजका मुरलि मनोहर मिश्र लगायत ३० जना भन्दाबढिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top