काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय १८ र डिजेल तथा मट्टीतेलको १ सय १ रुपैयाँ पर्ने भएको छ । निगमले हवाई इन्धनको आन्तरिकतर्फ २ रुपैयाँ वृद्धि गरी ७४ रुपैयाँ प्रतिलिटर पुर्याएको छ ।
अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ९.३५, डिजेलमा प्रति लिटर रू. ५.८० र एलपी ग्यासमा प्रति सिलिण्डर रू. ३९२.८२ घाटा कायम रहने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
अर्धमासिक रूपमा निगमलाई करिब १ अर्व २७ करोड ७० लाख घाटा रहिरहने उपाध्यायले जानकारी दिए ।
प्रतिक्रिया