लमजुङ । लमजुङमा मंगलबार दिउँसो चट्याङ लागेर ३ जना विद्यार्थी घाइते भएका छन् ।
क्व्होलासोथार गाउँपालिका–४ भुजुङमा चट्याङ पर्दा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइते हुनेमा भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ रहेका छन् । मंगलबार दिउँसो सवा ३ बजे परेको चट्याङबाट विद्यालयको छात्रावासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् ।
घाइतेमध्ये रेशबहादुरको हात चलेको छैन भने अन्य २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई उपचारको लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ ।
घाइते विद्यार्थीको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया