ताजा समाचार


७ जना मन्त्रीलाई सरकार छाड्न पत्राचार

द रियल समाचार     २०७७ चैत्र ३, मंगलवार, १४: ०५ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ७ जना मन्त्रीलाई सरकार छाड्न पत्राचार गरेको छ ।

पार्टीको तर्फबाट सरकारमा सहभागी भएको भन्दै तत्काल मन्त्रीबाट फिर्ता हुन भन्दै पत्राचार गरिएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बताए । ढकालले भने, ‘मन्त्रीहरुलाई पत्र हातमै बुझाएका छौं, पार्टीको निर्देशन नमान्नेलाई कारबाही गर्ने तयारीमा छौं ।’

पत्र बुझ्नेहरूमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री दावा लामा रहेका छन् ।

यता सरकारमा रहेका मन्त्रीहरुले भने आफूहरु नेकपा (माओवादी केन्द्र) सँग संलग्न नभएको भन्दै प्रतिकृया दिन चाहेनन् र एक मन्त्री भने पत्रको औचित्य नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top