काठमाण्डौ । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक सैनिक जवानको मृत्यु भएको हो ।
सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा सोमबार दिउँसो दुर्घटना भएको थियो।
प्याराग्लाइडिङबाट फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका कालीजङ गणमा कार्यरत सैैैनिक जवान २३ वर्षीय राजाराम मगरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्याएकामा थिए । उपचारका क्रममा साँझ ४ः४५ बजे उनको मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया