ताजा समाचार


आफ्नै इँटा भट्टामा खसेर एकजना घाइते

द रियल समाचार     २०७७ चैत्र ३, मंगलवार, ११: ०१ मा प्रकाशित




पर्सा । पर्साका एकजना व्यक्ति आफ्नै इँटा भट्टामा परेर गम्भीर घाइते भएका छन् ।

जिल्लाको सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर-२ बस्ने ३१ वर्षीय कलाम मियाँ आफ्नै उद्योगको भट्टामा परेर गम्भीर घाइते भएका हुन् ।

वीरगञ्ज महानगरपालिका-३१ बेलवामा रहेको केबीआई इँटा उद्योगको भट्टामा परेर मियाँ गम्भीर घाइते भएका हुन् ।

मियाँको शरीरको ५० प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनलाई नारायणी बयोधा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं पठाइएको डीएसपी खनालले बताए । उनी भट्टा हेर्न गएको बेला त्यही खसेको प्रहरीले जनाएको छ।

तस्बिर : सांकेतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top