ताजा समाचार


राष्ट्रपति भण्डारी आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्दै

द रियल समाचार     २०७७ चैत्र ३, मंगलवार, १०: ३९ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रपति विद्यादेवि भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्न लागेकी छन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि बोलाएकी हुन् ।

पछिल्लो राजनीतिक परिस्थितबारे बुझ्न आह्वान गरिएको छलफल अपराह्न ४ बजे शीतल निवासमा हुनेछ ।

बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

संसद पुनर्स्थापनालगत्तै सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि सरकार र संसदमा असहज परिस्थिति सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top