ताजा समाचार


जसपाको पदाधिकारी बैठक बस्दै

द रियल समाचार     २०७७ चैत्र ३, मंगलवार, १०: ३० मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक दिउँसो २ बजे बबरमहलस्थित पार्टी कार्यालयमा बोलाइएको छ।

नेता अशोक राईका अनुसार बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुनेछ ।

आगामी बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ ।

पदाधिकारी बैठकमा सत्ता समीकरणको विषयमा समेत छलफल हुने अनुमान छ । नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top