ताजा समाचार


महोत्तरीको भङ्गहामा मध्यरातमा डकैती, ८ लाख नगद र गरगहना लुटियो

द रियल समाचार     २०७७ चैत्र ३, मंगलवार, १०: ०७ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीमा सोमबार मध्यराती डकैति भएको छ । जिल्लाको भङ्गहा नगरपालिका वडा नम्बर-६ संग्रामपुरमा डकैती भएको हो ।

स्थानीय नवलकिशोर यादवको घरमा १२/१४ जनाको समूहमा गएको डाँकाहरुले मध्यरातमा डकैती गरेका हुन्।

उनीहरुले करिव ८ लाख नगद र ३/४ तोला सुन लुटेर फरार भएको उनका छिमेकी राजिशरण यादवले जानकारी दिए।

उनले दिएको जानकारी अनुसार घरको मूल ढोका तोडेर डाँकाहरु राती करिव १२ बजेको समयमा घरभित्र प्रवेश गरी नवल किशोर लगायत परिवारका अन्य सबै सदस्यहरूलाई एउटै कोठा भित्र थुनेर बाँकी कोठाहरुबाट नगद र गरगहना लुटेर फरार भएका थिए ।

यता, प्रहरीले भने डाँकाहरुको समूहलाई प्रकाउ गर्न नसकेको र उनीहरुको खोजी भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top