काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन्।
राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो ४ बजेका लागि शीतल निवासमा दलका नेताहरुलाई बोलाएकी हुन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई डाकिएको छ।
फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गर्दै साविककै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि दलहरुबीच सत्ताका लागि संघर्ष चलिरहेको छ।
प्रधानमन्त्री ओली सत्ता जोगाउने हिसाबमा छन् भने अन्य दलहरु ओलीलाई विदा गरेर आफू त्यहाँ पुग्ने जोड घटाउमा लागेका छन्। यस्तोमा राष्ट्रपति भण्डारीले बोलाएको बैठकलाई अर्थपूर्ण मानिएको छ।
प्रतिक्रिया