ताजा समाचार


राष्ट्रपति भण्डारीले लगाइन कोरोनाविरुद्धको खोप

द रियल समाचार     २०७७ चैत्र २, सोमबार, २०: १६ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाएकी छन् ।

खोप लगाउन उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा पुगेकी थिइन् ।

खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफ्नै उमेर समूह पर्खिएर बसेकी तर बंगलादेश भ्रमणमा जानुपर्ने भएकाले खोप लगाएको बताइन् ।

उनले भनिन्, सबैले लगाईसकेपछि लगाउनुपर्ने भएपनि ठिकै छ भनेर बसेकी थिएँ । मित्रराष्ट्र (बंगलादेश)को भ्रमण गर्नुपर्ने भयो । खोप नलगाई जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले टार्न नसकिने भयो ।’ उनले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल समेत गरिन् ।

१४ माघबाट सुरु भएको खोप अभियान अन्तर्गत नेपालमा अहिलेसम्म १५ लाख ५० हजारले खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top