ताजा समाचार


लहान बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ

द रियल समाचार     २०७७ चैत्र २, सोमबार, १८: ५४ मा प्रकाशित




जनकपुरधाम । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आईतबार भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१८ बस्ने ३९ वर्षीय बलराम मण्डल रहेको सशस्त्र प्रहरीले जनाएको छ । मण्डललाई सशस्त्र प्रहरीको टोलीले सुखिपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट सोमबार साँझ ५ बजे पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरिक्षक दिपेश गिरीले जानकारी दिए ।

उनले पक्राउ परेका मण्डल यसअघि पनि बम काण्डहरुमा संलग्न रहेकोले त्यसै आशंकाको आधारमा उनलाई पक्राउ गरिएको बताए ।
आईतबार दिउँसो करिव १ बजेको समयमा लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट भएको थियो ।

बिस्फोटमा परी धनगढीमाई नगरपालिका–१३ बस्ने ३० वर्षीय दिनेशकुमार भण्डारी, कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका–६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका–१६ का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका–४ का ३८ वर्षीय फुलकुमारी ठाकुर, भगवानपुर गाउँपालिका–३ का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर घाइते भएका थिए ।

घाइते मध्ये दिनेशको उपचार काठमाडौंमा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top