एजेन्सी । मंगोलियामा भीषण रुपमा आएको धुलोसहितको आँधीबेहरी र हिम आँधीमा परी गत एक हप्ताभित्र ६ जनाको मृत्यु भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले जानकारी दिएको छ ।
उक्त आँधीहरुमा हराएका ५४८ जनामध्ये ४६७ जना जीवित भेटिएको नेमाले जनाएको छ । दुर्भाग्यवश दक्षिणी प्रान्त दुंडगोभीमा ५ व्यक्तिको मृत्यु भएको र आँधीबेहरीका कारण मध्यपश्चिमी प्रान्त अर्खनाईमा एक पाँच वर्षको बालकको समेत मृत्यु भएको बताइएको छ ।
हराइरहेका व्यक्तिको खोजी भइरहेको नेमाले जनाएको छ । आँधीबेहरीमा कैयौ प्रान्तहरु र विशेषगरी डण्डगोभी प्रान्तमा विद्युतीय लाइनहरु काटिएको जनाइएको छ । मंगोलियामा धुलोसहितको आँधीबेहरी र हिमआँधी प्रायः आउने गरेको पाइन्छ । –सिन्ह्वा
प्रतिक्रिया