ताजा समाचार


टि–२० अन्तर्राष्ट्रियमा कोहली बने ३ हजार रन पूरा गर्ने पहिलो खेलाडी

द रियल समाचार     २०७७ चैत्र २, सोमबार, १६: ३२ मा प्रकाशित




एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एक नयाँ उपलव्धी आफ्नो नाममा दर्ता गराएका छन् ।

कोहली इङ्ल्याण्डविरुद्ध ४९ बलमा ५ चौका र ३ छक्काको मद्दतले अविजित ७३ रनको पारी खेल्दै टि–२० अन्तर्राष्ट्रियमा ३ हजार रन पूरा गर्ने पहिलो खेलाडी बने ।

कोहलीले ८७ टि–२० पारीमा ५०.८६ को औसतमा ३ हजार १ रन प्रहार गरेका हुन् । यस क्रममा उनले २६ अर्धशतक प्रहार गरेका छन् । २२ पारीमा अविजित रहेका कोहलीको उत्कृष्ट प्रदर्शन ९४ रनमा अविजित रहनु हो ।

न्युजिल्यान्डका मार्टिन गुप्टिल ९९ पारीमा २ हजार ८३९ रन बनाएर दोस्रो स्थानमा छन् । ७ पारीमा अविजित रहँदै २ शतक र १७ अर्धशतक प्रहार गरेका गुप्टिलको १०५ रन प्रहार गर्नु उत्कृष्ट प्रदर्शन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top