काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० जना नेताहरुले बोलेका छन् । अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेकपाका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अब नेताहरु पूर्व जिम्मेवारी अनुसार जिल्ला जिल्लामा जाने बताइएको छ ।
प्रतिक्रिया