ताजा समाचार


फागुन २८ को केन्द्रिय कमिटीको निर्णय फिर्ता लिन ओलीले गरे अस्वीकार

द रियल समाचार     २०७७ चैत्र २, सोमबार, १४: ४६ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको केन्द्रिय कमिटीको निर्णय फिर्ता लिन अस्वीकार गरेका छन्।

सोमबार नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको पहिलो वार्तामा नेपाल पक्षले  बालुवाटारबाट २८ गतेका निर्णयहरू फिर्ता लिनुपर्ने अडान लिएको थियो।

तर प्रधानमन्त्री ओलीले नेपाल पक्षको प्रस्तावलाई अस्वीकार गरेका छन्। प्रधानमन्त्री र नेपाल पक्षबीच चार महिनापछि करिब डेढ घण्टासम्म वार्ता भएको हो ।

छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ तथा नेपाल पक्षबाट माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट उपस्थित थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top