ताजा समाचार


गौतमले पनि आफ्नो समूहको बैठक बोलाए

द रियल समाचार     २०७७ चैत्र २, सोमबार, ११: १६ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सबै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् ।

गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् । ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको हो’, गौतम निकट नेता बाबुराम थापाले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले शुरु गरेको राष्ट्रिय एकता अभियानका थापा सचिव हुन् । विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top