ताजा समाचार


काँग्रेस, माओवादी र जसपाको संयुक्त बैठक बस्दै

द रियल समाचार     २०७७ चैत्र २, सोमबार, १०: ४३ मा प्रकाशित




काठमाण्डौ । सरकारले गरेको संसद विघटन अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने धेरैलाई विश्वास थियो । तर, ओलीले राजीनामा दिनुको सट्टामा अविश्वासको मतको सामना गर्ने बताएपछि अब नयाँ सत्ता समीकरण जटिल देखिएको छ ।

अझ अदालतले सत्तारुढ नेकपाको एकीकरण खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई पनि ब्यूँताइ दिएपछि समीकरण जटिल बनेको हो । ओलीले नछाड्ने र अरुले हटाउन मुस्किल देखिएपछि नयाँ समीकरण जटिल बनेको हो ।

यही परिदृश्यमा आज संसदमा रहेका एमाले बाहेकका दलको संयुक्त बैठक बस्ने भएको छ । नयाँ सत्ता समीकरण बनाउनका लागि आज प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच संयुक्त बैठक हुन लागेको हो ।

बैठकका लागि समय र स्थान तय भइसकेको नभएपनि आजै बैठक बस्ने जसपाका एक नेताले बताए । आजको बैठकले नयाँ समीकरण निर्माणको बाटो खोल्ने र भावी प्रधानमन्त्रीको सहमति गर्नसक्ने ती नेताले बताए ।

संसदको पहिलो दल एमालेलाई सत्ता जोगाउन एउटा पार्टीको समर्थन भए पुग्छ । जसका लागि ओलीले जसपासँगै सहकार्यको लागि प्रस्ताव गरिसकेका छन् । तर, अ‍ोलीलाई हटाउन बाँकी ३ दल एकैठाउँमा हुनुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top