ताजा समाचार


माओवादी केन्द्रको केन्द्रिय कमिटी २ सयमा झर्यो

द रियल समाचार     २०७७ चैत्र २, सोमबार, १०: १२ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) को केन्द्रिय कमिटी दुईसयमा झरेको छ ।

नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रिय कमिटी ४ हजार सदस्यीय थियो । एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रिय समिति बनाइएको थियो ।

०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । तर, त्यसभन्दा पहिल्यै दर्ता भएको अकर्को दलसँग नाम मिलेको भन्दै परेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई साविककै रुपमा फर्कादिएको थियो ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि आइतबार माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक पहिलो पटक बसेको थियो । उक्त बैठकमा दुईसय केन्द्रिय सदस्यहरु उपस्थित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेता श्रेष्ठका अनुसार अब माओवादी केन्द्रको केन्द्रिय समिति दुईसय नै कायम हुनेछ । निर्वाचन आयोगमा माओवादी केन्द्रको ८७ सदस्यीय केन्द्रिय सचिवालय मात्रै गएको छ ।

नेताहरुका अनुसार माओवादी केन्द्र दर्ता हुँदा केन्द्रिय समिति पछि बुझाउने गरी केन्द्रिय सचिवालय मात्रै रहेको जानकारी आयोगमा गराइएको थियो ।

अब त्यही ८७ सदस्यीय केन्द्रिय सचिवालयले केन्द्रिय समितिलाई अनुमोदन गरेर निर्वाचन आयोगमा पठाउने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top