बारा । प्रदेश २ स्थित बारा जिल्लामा एक किशोरीलाई जबर्जस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका-१० का ३० वर्षीय रमेश हजरा पासवानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पासवानले १७ वर्षीय किशोरीलाई विवाह गर्छु भनी होटेलमा लिएर पटक-पटक करणी गरी गर्भ बोकाएको आरोप छ ।
घटनाको बारेमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फागुन २८ गते पक्राउ परेका पासवानलाई प्रहरीले अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाएको बताइएको छ ।
प्रतिक्रिया