ताजा समाचार


पर्सामा एक महिलामाथि छुरा प्रहार

द रियल समाचार     २०७७ चैत्र १, आईतवार, १८: ३९ मा प्रकाशित




पर्सा । पर्सामा एक महिलामाथि छुरा प्रहार गरिएको छ ।

जिल्लाको पर्सागढी नगरपालिका–३ पकडिया बडनिहारस्थित मुसहर टोलमा एक महिलामाथि छुरा प्रहार भएको हो । सोही टोलमा बस्दै आएकी ४५ वर्षीया लक्ष्मिनिया देवी चौधरीमाथि आइतबार बिहान छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

बिहान ३ बजेको समयमा २/३ जनाको समूहमा पुगेका व्यक्तिहरूले घरको बार काटेर घरभित्र प्रवेश गरी उनीमाथि छुरा प्रहार गरेको बताइएको छ ।

घाइते चौधरीको टाउको र शरीरको विभिन्न भागमा छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाइएको र छुरा प्रहार गर्नेहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

तस्बिर : सांकेतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top