जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले आफ्नो वडाको एक ट्युशन सेन्टरमा विधार्थीहरुलाई काँपी, पेन्सील र शिक्षकलाई साइकल प्रदान गरेका छन् ।
नव मिथिला फाउन्डेशनका अध्यक्ष स्व.अमित झाको अल्पआयुमै दुःखद अवशान भएको आज तेह्रौं दिनको पुण्यतिथिमा उनकै सम्झना स्वरूप वडाध्यक्ष साहले ३६ जना छात्र–छात्रालाई काँपी, पेन्सील र शिक्षकलाई साइकल वितरण गरेका हुन् ।
लकडाउनमा विद्यालय बन्द भएपछी निःशुल्क ट्युशन पढाईरहेका एकजना शिक्षकलाई घरबाट आवतजावत गर्न सहज हुने उद्देश्यले साइकल दिइएको वडाध्यक्ष साहले बताए ।
उनले भने,‘स्व. अमित झाले मृत्युपूर्व मलाई विद्यार्थीहरुको लागी काँपी किताब उपलब्ध गराउने भन्नुभएको थियो । आज उनको त्यस कुरालाई स्मरण गर्दै काँपी, पेन्सील र शिक्षकलाई साइकल प्रदान गरेको छु । अमित जी त यस दुनियामा रहनु भएन तर आज उहाँको तेह्रौदिनको पुण्यतिथिको अवसर पारेर विधार्थीलाई काँपी र पेन्सील प्रदान गरेको छु ।’
वडा नम्बर–७ स्थित मुस्लीम समुदायका स–साना विपन्न छात्रछात्रालाई वडाध्यक्ष साहले काँपी र पेन्सिल प्रदान गरेका छन् ।
प्रतिक्रिया