ताजा समाचार


सिरहा बम बिस्फोट अपडेट : गम्भीर घाइते दिनेशलाई काठमाडौं लगियो

द रियल समाचार     २०७७ चैत्र १, आईतवार, १७: ०० मा प्रकाशित




जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटमा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।

उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।

उनी धनगढीमाई नगरपालिका–१३ का स्थानीय हुन् । कार्यालयमा जाँदा बिस्फोटमा परी उनी घाइते भएका थिए । दिनेशको तिघ्रा, पिठ्युसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ ।

बिस्फोटमा परी सामान्य घाइते हुनेहरुमा कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका–६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका–१६ का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका–४ का ३८ वर्षीय फुलकुमारी ठाकुर, भगवानपुर गाउँपालिका–३ का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर छन् ।

घटनास्थलमा जयकृष्ण गोइत समूहको पर्चा समेत टुक्रा टुक्रा अवस्थामा फेला परेको थियो । मालपोत कार्यालयको दोस्रो तलाको मोठ फाँटमा आज दिउँसो करिव १ बजे बम बिस्फोट भएको थियो ।

यस सम्बन्धमा प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रसाद सिंहले घटनाको अनुसन्धानका लागि नेपाल प्रहरी र नेपाली सेनाको टोली घटाइएको र घटनामा संलग्नहरुको खोजी सुरु गरिएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top