ताजा समाचार


सिरहा बम विस्फोट : ८ जना घाइते, गम्भीर एकजनालाई काठमाण्डौ पठाउने तयारी 

द रियल समाचार     २०७७ चैत्र १, आईतवार, १५: ३७ मा प्रकाशित




जनकपुरधाम । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा ८ जना घाइते भएको खुलेको छ ।

मालपोत कार्यालयमा दिउँसो करिब १ बजे भएको बम विस्फोटमा परी स्थानीय ३० वर्षीय दिनेश कुमार भण्डारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप राज भण्डारीले जानकारी दिए ।

दिनेशको तिघ्रा र पिठ्यु सहितका शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ । दिनेश सहित विस्फोटमा परी घाइते भएकाहरुको उद्धार गरी अस्पताल पठाइएको हो ।

गम्भीर घाइते दिनेशलाई थप उपचारका लागि काठमाण्डौ पठाउन हेलिकॅप्टर मगाउने तयारी भईरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले जानकारी दिए ।

यस्तै घटनामा परी सामान्य घाइते हुनेहरुमा सुशील कुमार यादव, लक्ष्मी राणा, लालबाबू बिक, बेचनी मगर, फूल कुमार ठाकुर, बद्री नारायण यादव र भोला बहादुर मगर रहेका छन् । उनीहरुको लहानस्थित सप्तॠषि अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा जयकृष्ण गोइत समूहको पर्चा फेला परेको प्रजिअ कणेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top