ताजा समाचार


लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट, ६ जना घाइते

द रियल समाचार     २०७७ चैत्र १, आईतवार, १३: ३५ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ को सिरहास्थित मालपोत कार्यालयमा बम बिस्फोट भएको छ ।

सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आईतबार दिउँसो करिव १ बजेको समयमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक सुदिपराज भण्डारीले जानकारी दिए ।

बम बिस्फोटमा परि ६ जना घाइते भएको प्रहरी उपरिक्षक भण्डारीले जानकारी दिए । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने एकजना मध्यम घाइते भएका छन् । त्यस्तै चारजना सामान्य घाइते भएको उनले जानकारी दिए ।

घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top