जनकपुरधाम । मास्टर सेफका उपविजेता संतोष साह आज जनकपुरधाम आउन लागेका छन् ।
मास्टर सेफ ‘युके’ का उपविजेता साहलाई विमानस्थलमा जनकपुरधामका युवाले भव्य स्वागत गर्न लागेका हुन्।
एअरपोर्टमा उनको स्वागतको कार्यक्रम रहेकोले युवाहरुलाई जनकचोकमा जम्मा भईदिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष दिपेन्द्र साहले आग्रह गरेका छन् ।
उनले संतोषको एअरपोर्टबाट जानकी मन्दिरमा दर्शन गर्ने र त्यसपछि पत्रकार सम्मेलनको आयोजना गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
बेलायतमै बस्दै आएका सन्तोष सिरहाको कर्जन्हामा जन्मिएका हुन्। ३५ वर्षीय सन्तोषले मास्टरसेफमार्फत् धेरैको मन जितेका छन्।
सुरुवातदेखि नेपाली खानाका परिकारहरू बनाएका उनले यस कार्यक्रमले आफ्नो जिन्दगी बदलिदिएको बताउँछन्।
प्रतिक्रिया