ताजा समाचार


हामी कहीँ पनि आफूलाई सुरक्षा पाइरहेका छैनौं : महन्थ ठाकुर

द रियल समाचार     २०७७ फाल्गुन २९, शनिबार, १३: २० मा प्रकाशित




काठमाण्डौ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल सम्पन्न भएको छ ।

माओवादी केन्द्रसँग छलफल गर्नका लागि जपासका नेताहरु आज बिहान पेरिसडाँडा पुगेका थिए ।

छलफल सकारात्मक भएको तर कुनै टुंगोमा पुगिनसकेको छलफलमा सहभागी नेताहरुले बताएका छन् । बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै जसपाका अध्यक्ष महन्थ ठाकुरले सबै पक्षसँग वार्ता भइरहेको भएपनि कुनै टुंगोमा नपुगेको बताएका छन् ।

कुनै समूहतिर पनि आफूहरु सुरक्षित नहरेको भनाइ ठाकुरले राखेका छन् । ‘हामी कहीँ पनि आफूलाई सुरक्षा पाइरहेको छैन’ ठाकुरले भने, ‘हामी न्याय खोजिरहेका छौँ कहीँ पनि न्याय पाइरहेका छैनौँ।’

दुइै दलबीचको छलफल सकारात्मक मार्गतर्फ अघि बढेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार भेटमा दुई दलका नेताहरुको छलफल विशेषगरी दुई विषयमा केन्द्रीय भयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई कसरी बलियो बनाएर अघि बढ्ने, कसरी बचाउने भन्ने विषयमा जसपा माओवादीका नेताहरुबीच छलफल भएको श्रेष्ठले बताए ।

त्यसैगरी ओलीको प्रतिगमनविरुद्ध संघर्षमा रहेका दलबीच संयुक्त सरकारको बनाउने विषयमा पन छलफल भएको उनले जानकारी दिए ।

जसपासँगको छलफल समग्रमा सकारात्मक भएको प्रवक्ता श्रेष्ठको टिप्पणी छ । नेपाली कांग्रेससँग पनि छलफल भइरहेको र फेरि छलफल गरेर टुंगोमा पुग्ने उनको भनाइ छ ।

बिहीबार बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलगायतसँग छलफल गरेका जसपामा नेताहरुले शुक्रबार नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग देउवा निवासमा भेटवार्ता गरेका थिए ।

शनिबार बिहान उनीहरु माओवादी केन्द्रका नेताहरुलाई भेट्न पेरिसडाँडा पुगेका थिए ।

-फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top