जनकपुरधाम । महोत्तरीबाट बेपत्ता पारिएका झा दम्पतीको अवस्था तुरन्त सार्वजनिक गर्नुपर्ने माग गर्दै जनकपुरधाममा चक्काजाम गरिएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–५ स्थित सहोडवाबाट फागुन ११ गते राती घरबाटै बेपत्ता पारिएका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेबी झाको अवस्था तुरन्त सार्वजनिक गर्नुपर्ने माग गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा तप्सीचोकमा चक्काजाम गरेका हुन् ।
उनीहरूले बिहान ११ बजेदेखि १२ बजेसम्म एकघण्टा चक्काजाम गरेका थिए ।
विरोध प्रदर्शनमा वडाध्यक्ष साहले घरबाटै बेपत्ता पारिएका झा दम्पत्तीको १९ दिन बितेपनि अवस्था अज्ञात हुनु प्रहरी प्रशासनमाथि गम्भीर सवाल रहेको बताए ।
उनले अपहरित झा दम्पतीको अवस्था तत्काल प्रहरीले सार्वजनिक नगरे आज सांकेतिक चक्काजाम गरेको र दुई दिन पछि हाइवे समेत जाम गर्ने चेतावनी दिए ।
झा दम्पतीलाई फागुन ११ गते सोमबार राति घरमै सुतिरहेको ओछ्यान सहित बेपत्ता पारिएको थियो ।
तस्बिर : घनश्याम मिश्र
प्रतिक्रिया