काठमाण्डौ । सत्ता समीकरणबारे छलफल गर्न जनता समाजवादी पार्टी नेपालका नेताहरु नेकपा माओवादी केन्द्रको मुख्यालय पुगेका छन् ।
जसपाका अध्यक्ष महन्थ ठाकुर,नेताहरू डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाडाँ पुगेका हुन् ।
जसपाका नेताहरु अहिले निरन्तर नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफल गरिरहेका छन् । अदालतको फैसला लगत्तै माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् ।
ओली अल्पमतमा परेपछि नयाँ सरकार निर्माणको रस्साकस्सी चलिरहँदा जसपा निर्णायक शक्ति बनेको छ । जसपासँग ३४ सांसद छन् ।
प्रतिक्रिया