ताजा समाचार


सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

द रियल समाचार     २०७७ फाल्गुन २९, शनिबार, १०: ५४ मा प्रकाशित




काठमाण्डौ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संघीय सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आजको पेरिसडाँडा बैठकले पार्टी तर्फका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । यस्तै नेकपा एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने पनि निर्णय भएको छ ।

यसअघि चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ । तर, चैत १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top