ताजा समाचार


रात्री बस र ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, १० जना घाइते

द रियल समाचार     २०७७ फाल्गुन २९, शनिबार, ०९: २० मा प्रकाशित




हेटौंडा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी–६ सुनाचुरीमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

रात्री बस र ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान करिव ३ बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र हेटौंडा आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा बसका चालक सहित ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

मृत्यु हुनेमा बस चालक वीरगन्ज–१५ का ३५ वर्षीय मदन कुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० बर्षीय अभयलाल कुशवाहा र भारत बिहारका ४० वर्षीय सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा बस र ट्रकका गरी १० जना घाइते रहेको र उनीहरुको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top