जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले मिथिला माध्यमिकी परिक्रमालाई मध्यनजर गर्दै पशुपंछी बध तथा मांसमदिरा विक्रि वितरणमा रोक लगाएको छ ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कर्णले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।
मिथिला माध्यमिकी, पंचायणी तथा अन्र्तगृह परिक्रमाको डोला विश्राम गर्ने प्रत्येक विश्रामस्थल तथा सोको १ किलोमिटर वरिपरीको क्षेत्रमा डोला पुग्नु भन्दा २४ घण्टा अगावैदेखि लागु हुनेगरी पशुपंछी वध तथा मांसमदिरा विक्रि वितरण एवं सेवन नगर्न सहायक प्रजिअ कर्णले आग्रह गरेका छन् ।
१५ दिने मिथिला मध्यमा परिक्रमाका विश्रामस्थलहरु अन्र्तगत फागुन २९ गते शनिबार हनुमानगढी, चैत ८ गते आइतबार पर्वता, चैत ९ गते सोमबार धनुषाधाम, चैत १० गते मंगलबार सतोषर, चैत ११ गते बुधबार औरही, चैत १४ गते शनिबार जनकपुरधाममा पशुपंछी वध तथा मांसमदिरा विक्रि वितरण एवं सेवन नगर्न आग्रह गरिएको छ ।
त्यस्तै चैत १५ गते आईतबार जनकपुरधाममा श्रद्धालुहरुले अन्र्तगृह परिक्रमा घुम्ने भएकाले सो दिन समेत मांसमदिरा विक्रि वितरण नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले अनुरोध गरेको छ ।
प्रतिक्रिया