ताजा समाचार


साढे २ किलो युरेनियमसहित चारजना पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन २८, शुक्रबार, १६: ३८ मा प्रकाशित




काठमाण्डौ । काठमाण्डौबाट साढे २ किलो युरेनियमसहित चारजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हरिबहादुर पालले शुक्रबार पत्रकार सम्मेलन गरी यसको जानकारी दिएका हुन् ।

प्रतिकेजी अर्ब भन्दामाथि पर्ने उक्त युरेनियमसहित राजधानीकै बौद्ध क्षेत्रबाट ती चारजनालाई पक्राउ गरिएको एआईजी पालले जानकारी दिएका छन् ।

उक्त युरेनियम प्रशोधन नभइसकेको अवस्थामा पाइएको हो । पालले परीक्षणबाट युरेनियम नै भएको पुष्टि भए पनि प्रशोधन हुन बाँकी रहेको बताए ।

पक्राउ परेकाहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top