ताजा समाचार


पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्षमाथि सांघातिक हमला

द रियल समाचार     २०७७ फाल्गुन २८, शुक्रबार, १६: ०३ मा प्रकाशित




सर्लाही । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्षमाथि सांघातिक हमला गरिएको छ ।

एभिन्युज टेलिभिजनका सर्लाही संवाददाता समेत रहेका बख्तियार अलीमाथि बिहीबार साँझ उनका आफ्नै भाईले सांघातिक आक्रमण भएको हो ।

उनीमाथि मलङ्गवा नगरपालिका–१० स्थित आफ्नै घरमा आक्रमण गरिएको हो । आक्रमणका कारण अलीको टाउकोदेखि खुट्टासम्म चोट लागेको छ । उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मोटरसाइकलमा आएक उनका आफ्नै भाइले घरभित्र प्रवेश गरी आक्रमण गरेको स्थानीयले बताएका छन् । उनको शारीरिका विभिन्न भागमा दर्जनभन्दा बढी टाँका लगाइएको परिवारजनले बताएका छन् । उनका कान्छा भाइले आक्रमण गरेको र उनी ापराधिक गतिविधिका रहनुको साथै लागुपदार्थ प्रयोगकर्ता रहेको परिवारले जनाएको छ ।

दाजुमाथि आक्रमण गरी फरार रहेका अलीका भाइलाई यथाशीघ्र पक्राउ गरी आवश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीसँग परिवारजनले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top