ताजा समाचार


जसपा संसदीय दलको बैठक बिना निष्कर्ष सम्पन्न

द रियल समाचार     २०७७ फाल्गुन २८, शुक्रबार, १५: ५९ मा प्रकाशित




काठमाण्डौ । संसदीय दलको नेताबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टीको बैठक बिना निष्कर्ष सकिएको छ ।

सरकारमा जाने विषयमा तीव्र विवादमा फसिरहेको जनता समाजवादी पार्टी नेपाल संसदीय दलको बैठक सिंहदरबारमा बसेको बैठकले निचोड दिन नसकेको हो ।

जसपाका एकजना सांसदले भने, ‘दिनभरी करायो, दक्षिणा हरायो’ भने जस्तै भयो, कुरा नमिलेपछि बिनानिष्कर्ष बैठक सकिएको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत पु¥याउने कसरत गरिरहँदा विभाजनतर्फ अघि बढिरहेको जसपा संसदीय दलको बैठक बसेको थियो ।

सरकारमा जाने विषयमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग बाक्लो संवाद गरिरहेका थिए। अर्कातिर उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बाक्लो छलफलमा थिए ।

ओली जसपालाई ल्याएर बहुमतको १३८ बनाउन चाहन्छन् भने प्रचण्ड कांग्रेस र जसपाको साथ लिएर सरकारमा जाने दाउमा छन् । ओली–प्रचण्डको आफ्नो आफ्नो दाउको सिकार भइरहेको जसपाले अहिलेसम्म संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन । ओलीले जसपा अध्यक्ष ठाकुरलाई चुनावी सरकारको प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा भइरहेको छ ।

उता जसपा वरिष्ठ नेता राजेन्द्र महतोले आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने माग गरिरहेका छन् । तानातानमा परेको जसपाले संसदीय दलको नेता र सरकारमा जाँदा सघाउने दलको टुंगो लगाउनुपर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top