ताजा समाचार


जसपा संसदीय दलको बैठक जारी

द रियल समाचार     २०७७ फाल्गुन २८, शुक्रबार, १४: ३६ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक जारी रहेको छ ।

सिंहदरबारमा जारी दलको बैठकमा संसदीय दलको नेता चयन गर्नुका साथै सांसद रेशम चौधरीको रिहाइलगायत सरकारमा जाने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ ।

राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा बैठकले नेता चयनको तयारी गरेको हो । यद्यपि तत्कालीन संघीय समाजवादीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बैठकमा आज दलको विधान पारित हुने र दलको नेता चयन हुने सम्भावना कम रहेको बताए ।

पार्टी स्रोतका अनुसार अहिलेसम्म संसदीय दलको बैठकको अध्यक्षता गर्दै आएका पार्टीका अध्यक्ष ठाकुरलाई दलको नेता चयन गर्नेगरी तयारी अगाडि बढेको छ । संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आएका छन् ।

जसपाको ३४ जना सांसद मध्ये बहुमत सांसद अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेकोले उनको सम्भावना बलियो देखिएको नेताहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top