ताजा समाचार


नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

द रियल समाचार     २०७७ फाल्गुन २८, शुक्रबार, १४: २६ मा प्रकाशित




काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बैठक बस्न लागेको पार्टीका सहमहामन्त्री प्रकाशशरण महत जनाकारी दिए ।

नयाँ सरकार गठनको विषयमा अहिलेसम्म कुनै निर्णय लिन नसकेको काँग्रेसले जनता समाजवादी पार्टीसँगको संवाद अघि आन्तरिक छलफल गर्न भन्दै पदाधिकारी बैठक बोलाएको हो ।

पदाधिकारी बैठक सकिएलगत्तै काँग्रेसले जनता समाजवादी पार्टीसँग छलफल गर्ने छ । छलफल दिउँसो ४ बजे देउवाको बुढानिलकण्ठ मै हुने बताइएको छ ।

एमाले र माओवादी केन्द्र ब्यूँतिएपछिको परिस्थिति र सत्ता समीकरणको विषयलाई मुख्य एजेण्डा बनाएर छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top