एजेन्सी । इङ्ल्याण्ड र भारत बीच आज पहिलो टी–२० खेल हुँदैछ । ५ खेलको टी–२० सिरिज अन्तर्गत आज पहिलो खेल हुन लागेको हो ।
इङ्ल्याण्ड र भारतको पहिलो टी–२० खेल अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुँदैछ । भारतीय समय अनुसार साँझ ७ बजे खेल सुरु हुनेछ । सिरिजका बाँकी खेलमा दोस्रो टी–२० १४ मार्च, चेस्रो टी–२० १६, चौथो टी–२० १८ र पाचौँ टी–२० मार्चमा हुने तय गरिएको छ ।
इङ्ल्याण्डको टोली फेब्रअरीको सुरुवात देखि भारत भ्रमणमा छ । यसअघि दुई टोलीबीच ४ खेलको टेस्ट सिरिज भइसकेको छ । जसमा ३ खेल भारतले जित्दा एक खेल इङ्ल्याण्डले जितेको थियो ।
५ खेलको टी–२० सिरिजपछि भारत भ्रमणका क्रममा इङ्ल्याण्डले ३ खेलको एकदिवसीय सिरिज पनि खेल्नेछ ।
प्रतिक्रिया