ताजा समाचार


विप्लवले फिर्ता गरे सरकारी सुरक्षाकर्मी

द रियल समाचार     २०७७ फाल्गुन २८, शुक्रबार, १२: ३७ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारी सुरक्षाकर्मी फिर्ता गरेका छन् ।

सरकारसँग सहमतिपछि फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमान्डमा १० जना प्रहरीले सुरक्षा दिँदै आएका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृह मन्त्रालयको निर्देशनमा सुरक्षाकर्मी खटाएका थिए । त्यही अनुसार महानगरीय प्रहरी परिसर, काठमाडौंले सुरक्षा दिँदै आएको थियो । सरकारले विप्लवका लागि अगुवा गाडी पनि उपलब्ध गराएको थियोे ।

तर विप्लवले सुरक्षा व्यवस्थामा समस्या नभएको र आफू नेता, कार्यकर्तासँगै रहेको भन्दै सरकारी सुरक्षाकर्मी फिर्ता पठाएका हुन् । गत हप्ता नवलपुरबाट सार्वजनिक भएका विप्लवलाई प्रहरीले त्यहीँबाटबाट स्कर्टिङ गर्दै काठमाडौ लगेको थियोे ।

विप्लव अहिले राजनीतिक भेटघाट र संगठनका काममा सक्रिय हुँदै आएका छन् । महिला संगठनको राष्ट्रिय सम्मेलनका लागि कपिलवस्तु पुगेका विप्लवले त्यहीँबाट सरकारी सुरक्षाकर्मी फिर्ता गरिदिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top