ताजा समाचार


लागुऔषध कारोबारमा प्रहरीको संलग्नता, २ जना पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन २८, शुक्रबार, १२: २२ मा प्रकाशित




रौतहट । रौतहटबाट लागुऔषधसहित एक प्रहरी जवान र अर्का एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाही दरवन्दी भई ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत प्रहरी जवान रौतहट चन्द्रपुर नगरपालिका–३ गैंडाटार वस्ने ३२ वर्षीय कमल धामी र सोही ठाउँ बस्ने ३० वर्षीय राजु कुमार रहेको प्रहरीले जनाएको छ ।

सुराकीको आधारमा रौतहट प्रहरीले चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने चन्द्रनिगाहपुर चोकमा चेकजाँच गर्नेक्रममा दुबै जनालाई पक्राउ गरेको बताइएको छ ।

प्रहरी जवान धामीले चलाईरहेको ना. ५८ प ९५४८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकलको पछाडि बसेका राजुले राखेको झोलाभित्रबाट ९ सय पिस लागुऔषध निट्राजेपाम टयाब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top