काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता चयन गर्न बैठक भोली शुक्रबार संसदीय दलको बैठक बस्न लागेको छ ।
आज बसेको पदाधिकारी बैठकले संसदीय दलको नेता चयन गर्न भोली दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्ने निर्णय गरेको हो ।
शुक्रबारको बैठकमा संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल हुने बताइएको छ । राजपा र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको लामो समय भइसक्दासमेत संसदीय दलको नेता चुनिएको छैन ।
संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकाले पार्टीको समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक समेत चैत ५ गते बस्ने जानकारी दिए ।
नेता भट्टराईले पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलहरूसँग उच्चतहमा संवाद गरि वर्तमान राजनीतिक संकटको अग्रगामी निकास दिन लागिएको बताएका छन् ।
प्रतिक्रिया